प्रेस विज्ञप्ति
मिति: १७ फागुन २०७३ (28 February 2017)

केही समययता म लगायत कैयौं साथीहरूले नेपालमा संवैधानिक र समावेशी लोकतन्त्रभित्र पद्धति (सिस्टम), पारदर्शिता (ट्रान्सपरेन्सी), इमान्दारी (इन्टेग्रटी) र उत्कृष्टता (मेरिटोक्रसी) अर्थात् ‘स्टिम’को चार खम्बामा सुसंस्कृत राजनीतिको जग निर्माण नगर्ने हो भने यो देशको रूपान्तरण हाम्रो जीवनकालमा सम्भव छैन भन्ने तर्क गर्दै आएको कतिपय पाठक तथा शुभेच्छुकलाई विदित नै छ।

त्यस्तो सुसंस्कृत राजनीतिको सशक्त जग निर्माण गर्न सके दशकौंको स्वार्थलिप्त, दोहनकारी, आडम्बरी र अपारदर्शी राजनीतिका कारण देशको दुर्दशाबाट दिक्क भएका तर यो देश बनाउन सकिन्छ भन्ने विश्वास बोकेका स्वदेश तथा विदेशमा रहेका नेपालीले अवश्य साथ दिनेछन् भन्ने हाम्रो निष्कर्ष हो। हाम्रो उद्देश्य सबै क्षेत्रका इमान्दार र क्षमतावान नेपाली मिलेर स्वच्छ राजनीतिको बलमा देशलाई रूपान्तरण गर्ने साझा मञ्च निर्माण गर्नु हो। देशको ठूलो जनसमुदाय त्यसरी एक ढिक्का हुँदा “अस्तित्वमा आउने तर कहिल्यै देशको समृद्धिमुखी नेतृत्व गर्नै नसक्ने” अर्को एउटा राजनीतिक पार्टी होइन, देशलाई आमूल परिवर्तनकारी दिशामा डोर्‍याउन सक्ने नेतृत्व निर्माण हुनसक्छ भन्ने हाम्रो ठम्याई हो।

त्यसका लागि एउटा समूह लामो समयदेखि वैचारिक र रणनीतिक मन्थनमा सक्रिय थियो। सो समूहले अब आफ्नो गृहकार्यलाई कार्यरूपमा परिणत गर्ने आत्मविश्वास हासिल गरेको छ। तसर्थ मैले बीबीसी नेपाली सेवाको प्रमुखको पदबाट राजीनामा दिएको छु। बीबीसीसँगको लामो आबद्धता, मेरो लेखन तथा परोपकारी अभियानका क्रममा मैले देशभित्र र बाहिर आमनेपालीबाट पाएको विश्वास, स्नेह र सहयोगलाई म सधैं सम्झिरहने छु। त्यसका लागि मैले जति आभार प्रकट गरे पनि त्यो अपर्याप्त नै हुनेछ भने म मेरा सहकर्मी र बीबीसीप्रति पनि सदा आभारी रहिरहने छु।

मैले शुरू गर्न आँटेको राजनीतिक यात्रामा त्यो विश्वास, स्नेह र सहयोग अनि हाल गृहकार्यमा संलग्न साथीहरूले दिएको प्रेरणा र शक्तिले अत्यन्तै ठूलो ऊर्जा प्रदान गरेको छ। कतिपय शुभेच्छुकहरूले हाल विद्यमान कुनै पार्टीमार्फत नै राजनीतिकरूपमा अगाडि बढ्दा उपयुक्त हुने सल्लाह नदिएका होइनन्। तर विद्दयमान पार्टीहरूमार्फत अगाडि बढ्ने हो भने “आफू बदलिने तर समग्र देश नबन्ने” निष्कर्षमा पुगेका कारण मैले यो अलग र चुनौतिपूर्ण बाटो चयन गरेको हुँ।

हामी छिटै कल्याणकारी लोकतन्त्र र कल्याणकारी उदारवादी अर्थतन्त्रलाई आत्मसात गर्ने नयाँ पार्टीमा तल्लो निकायदेखि तपाईंको सहभागितासहितको संगठन निर्माण र सम्बन्धित अन्य विषयबारे थप जानकारी उपलब्ध गराउनेछौं। कुनै दलमा आबद्ध नभएका, अन्य दलमा आबद्ध भए पनि ती दलबाट यो देशको हित हुनै सक्दैन भन्ने निष्कर्षमा पुगेका र अन्य विभिन्न सामाजिक संघ-संगठनमा आबद्ध भएर समाजको सकारात्मक रूपान्तरणका लागि काम गरिरहेका सबै नेपालीहरूलाई हामी शान्त, सौम्य, देशभक्तिपूर्ण र विकासमूखी राजनीतिक उभारका लागि हामीले निर्माण गर्न लागेको मञ्च उपयोग गर्न आग्रह गर्दछौं।

विगतका भएका यस्ता वैकल्पिक प्रयास, तिनका कमजोरी र विफलताबारे हामी अनभिज्ञ छैनौं। तिनबाट हामीले पाठ सिकेका छौं – तर्सिएका छैनौं। साथसाथै, हामी अधिकांश पेशागत राजनीतिक पृष्ठभूमिबाट नआएकोले यो यात्रा राजनीतिक पृष्ठभूमिबाट आएकाहरूका लागि भन्दा बढी असहज हुनेछ भन्नेमा हामीलाई कुनै भ्रम छैन। तर सुसूचित तयारीका साथ एउटा प्रतिबद्ध समूहले राजनीतिमा इमान्दार, दूरदृष्टिपूर्ण, सशक्त र राष्ट्रव्यापी हस्तक्षेप नगरी कुनै पनि देशको समष्टिगत रूपान्तरण सम्भव भएको छैन। हामी तयार भयौं – गाउँ-गाउँ, बस्ती-बस्तीमा, अनि विदेशका नगर तथा शहरहरूमा तपाईं पनि तयार रहन हामी हार्दिक आह्वान गर्दछौं। तत्कालका लागि भने देशका हरेक टोल-टोलमा कम्तिमा ७ जना वा संभव भए त्यो भन्दा बढी संख्याको समूह निर्माणका लागि जुट्न हामी विनम्र आग्रह गर्दछौं, जुन छिटै पार्टीको संगठन निर्माणको आधारशिला हुनेछ। विदेशमा बस्ने नेपालीहरूको साथ र सहयोगका लागि हामी विशेष व्यवस्था गर्नेछौं र उनीहरूलाई विदेशका नगर तथा शहरहरूमा ‘सदभाव समूह’हरू निर्माण कार्य तत्काल अगाडि बढाउन हामी हार्दिक अपिल गर्दछौं।

संसारमा हामीभन्दा ज्यादै नै प्रतिकूल अवस्थामा रहेका देशले पनि १० देखि २० वर्षको बीचमा राजनीतिक स्थिरता प्राप्त गर्न र विकासलाई तीव्र गति दिन सकेका छन् भने हामीले नसक्ने कुरै छैन। हामीले शुरु गर्न लागेको यो यात्रा केवल १०/१२ जना सांसदलाई संसद्‌मा पठाएर “राजनीति” गर्नका लागि होइन – यो देशको नेतृत्व गरेर नेपाली राजनीतिको चरित्र र सिंगो देश नै रूपान्तरण गर्नका लागि हो। तसर्थ हामीलाई विफल हुने या ठीकै मात्र गर्ने सुविधा छैन। यस यात्रामा हामीलाई तपाईंको आशीर्वाद र सहयोग प्राप्त हुनेछ भन्ने हामीले विश्वास लिएका छौं भने तपाईंलाई हाम्रो सहयोग अवश्य मिल्ने नै छ।
यो असाधारण रूपले स्रोत र साधन सम्पन्न तर राजनीतिक कारणले सधैं अस्थिर र अविकसित देशको भविष्य बनाएरै छोड्ने र समृद्ध नेपालका सूचकहरू कुनै पनि हालतमा हेरेरै मर्ने हाम्रो अठोट हो! ताकि, हाम्रा सन्ततिले बुढा बाउ-आमालाई नेपालमा छोडेर आयआर्जन, अलिकति सहज जीवनयापन र वृत्ति विकासका लागि विदेशिनु नपरोस्, बरू तिनले यो देशमा विदेशीलाई समेत रोजगारी दिन सकून्।

रवीन्द्र मिश्र
पूर्व-प्रमूख, बीबीसी नेपाली सेवा
www.facebook.com/rabindramishra.nepal
twitter.com/RabindraMishra

43 COMMENTS

  1. रवीन्द्र सर हजुर ले भन्नू भयेको टोल टोल मा 7 जना तर हजुर सुरु गर्नुस 700 जना मैले सुरुवात मै साथ लिने छु।हजुर को यो कदम नरोकियोस सुभकाम्ना

  2. तपाइँले व्यक्त गरेको विचार एकदमै सहि छ तर तपाईं कुनै दल,समूह वा संगठनको अगुवाई गर्दैहुनुहुन्छ भने यो पनि बेलैमा सोच्नुस कि हरेक नेपालीले देश बनाउन श्रम गर्नै पर्छ! नत्र देश बन्दैन! न्युरोड र अशनतिरको भिड अनि देशैभरीका बजार ,गल्ली र चोकमा देखिने भिडहरुमा कति बेरोजगारी र अल्छे मानिसहरू छ्न त्यो पनि आंकलन गर्न आवश्यक संझनु होला। यो पनि स्मरण रहोस! राजनीति गर्न भन्दा श्रम गर्न (धुर्मुस-सुन्तली) सिकाएर मात्र देशको मुहार छिटो फेरिन्छ।

  3. राम्रो कुरा हो।।। नेपालमा पार्टिको कुनै कमि त थिएन। तर तपाइले भने जस्तो राष्ट्र हितका काम गर्न सकेनन। निष्पक्ष र इमानदार रुपमा देशको हितमा काम गर्नुहुन्छ भने म सहयोग गर्छु अनि अरु जनताले पनि गर्नेछन।।
    “जुन जोगि आएपनी कानै चिरेका”भने जस्तो नहोस।। अब देशलाइ केहि गर्ने मान्छे को खाचो छ। देश आफ्नो अस्तित्व गुमाने अबस्थामा छ। त्यसैले आउनुस केहि गरौ।। बरु हामी भोकै मरौ, आउने पुस्तालाइ सुन्दर शान्त र सभ्य देश हस्तान्तरण गरौ।

    ### सर मेरो कुरा ले तपाईंको केहि मन छुन्छ भने इमानदार तरिकाले राजनिती मा आउनुस अनि बोल्ने मात्र होइन गरेर देखाउनुस।

  4. नेपालको राजनैतिक संस्कार र परिस्थिती देखि वाक्क भैसकेका हामी सम्पुर्ण नेपालिहरुको साथ र समर्थन सधैनै रहनेछ। अब आउने राजनैनिक शक्ति तेस्तो होस जसभित्र बन्द हड्ताल, टोडफोड, गुन्डागिरि साथै ब्याक्तिगत, समुहगत, जातिगत र पार्टिगत स्वर्थ जस्ता कुसंस्कार नरहोस। जहाँ रास्ट्रीय हित र स्वर्थलाई अबलम्बन गर्न सकोस। अनि हामी जस्ता बिदेशिन बाध्य युबाहरु समुन्नत नेपाल भित्रै आ-आफ्नो परिवारको साथमा रहेर बिकासको खुड्किलोमा एउटैमात्र ईटा भएपनी जोड्ने मौका पाईयोस। हजुरको राजनैतिक सफल्ताको शुभकामना ।।।।।

  5. धेरै खुसि अनि ठुलो अबिलासा बोकेका छौ; म जस्ता लाखौ युवाहरु ले हजुर लाई साथ दिनेछन् यसमा दुविधा छैन ।
    कसरि हजुर हरु को छत्र छाया मा आउन सकिन्छ म जस्तो एक साधारण व्यति
    कृपया जानकारी पाउ।

  6. i am agree with you aba taapaiko maraagdarshan ko kahchho chha sir haami uthne chhau ganau gaanu bata basti basti bata himal pahad tarai madesh yak hunparchha parti ko naam himpat rakhda nikai armro hunchha sir

  7. Comment: नेपालमा परिवर्तनका लागि
    सहासी नेतृत्व चाहिएकाे छ अरू
    सबैथाेक नेपालसंग छ ।त्याे सहास
    गर्नेलाइ साथ दिन म जस्ता
    युवाहरू मात्र हाेइन अनुभवी प्राैढ
    पनि तयार छन र हुनेछन् । मिश्रजी
    काे याे पावन कार्यमा मेराे
    साथ र समर्थन छ। म पनि सदस्य हुन
    चाहन्छु ।

  8. Sir best of luck…hami jasto bideshiyeka youngester ko saath tapai la aabasya milnexa ani tapile aba desh ko muhar phernuhunexa vanne aasha xa …

  9. रविन्द सरले देशकाे खस्कदाे राजनैतिक अार्थिक र प्रशासिनक तथा अन्य विविध पक्षकाे सुधारका लागी अाफु राजनीतिमा अाउने अावश्यकता महशुस गर्नु भै विविसिकाे जागीर समेत त्यागी देश सेवामा समर्पित भएकाे कुरा थाहा पाउदा ज्यादै खुशी र गर्भ महसुस भयाे । पिडाले छट्पटाएकी नेपाल अामाकाे अाँसु पुछन अाज तपाइ जस्तै सच्चा सपुतकाे खाँचाे छ । तसर्थ तपाइकाे यस महान काममा हाम्राे पनि साथ रहने छ ।

  10. Congratulation for new concept! But it is not easy for him. I felt from near to the some of the leaders like: BabuRam Bhattarai, Upendra yadav and some others Key leaders of some parties. Hoped they could do something new and initiate to change the system positively and help to implement. But all became same like others. I don,t know How Rabindra Mishra can be the unique one in the bad environment. Every day he has to breath in the same polluted environment. How can he be healthy in Political of Nepal. Just pray for me with small hope.

    • पर्ख र हेर मा भए पनि आशावादी।बच्चालाइ संगतले,ठुलालाइ सल्लाकार निकै असर गर्छ । होस पुराउनुहोस ।शुभकामना

  11. Here’s the wishes of millions of Nepalese to have a stable government, a government that has a best interest of common citizen, government that works for all the citizens not just for few powerful. Time will tell if your effort and promises will bring any meaningful result or not, but nevertheless my best wishes and prayers for your fight ahead..

  12. A nation is developed when everyone works and earns for him/her eventually for nation.But sir you left your professional work to join politics.So is it the right direction you chose?

  13. You have built up a solid base and platform to launch your ideas and reform the decay in the current political system.Nepal can be converted into a very prosperous and thriving nation,if one can only harness its natural resources,i.e. natural free flowing rivers into electricity. people around the world will flock to see our mountains if only the right infrastructures can be developed.Opening new tourist destinations and developing the right infrastructure i.e. Begin with a dozen wide bodied aircrafts with the right management Thai,Qatar etc
    Harnessing tourist tourist trade will alone generate enough revenue to bring prosperity.
    If your idea of £1 a month can generate millions your honest and well thought out plans will no doubt bring prosperity that Nepalese dream of.
    My very best wishes to you and all your supporters.We are with you in your role as David to tame and knock down Goliaths all around you.
    Involve us expatriates,we can share our life long experience in developing our motherland in our particular field.Just think the resource you can harness from the nook and corner of the Globe.Look what expatriates Koreans did in developing Korea.
    You will receive support from every Nepali living abroad and in Nepal if the right enviorment is created.
    But be steadfast in your belief and resolve and not be swayed by the curruption you will find yourself
    all around you.I know you are resolute in your beliefs.
    My very best wishes once again.
    Chuda Karki,UK

  14. Best wishes rabindra ji. As an intellectual and responsible citizen of this country I will do whatever can do. Best wishes.

  15. रेखा थापा नायिका घरी यता पार्टी घरी उता पार्टि गरिन् तर सकरात्मक कुरा उनी ऑट गरेकी थिइन् । आर्थीक मिलेमत्व थियो भने कि उनै जानून् कि दैव जानून् ।
    हामी बेरोजगारी युवा आर्थीक सहयोग गर्न मुस्किल नै छ यो यहाॅलाई राम्रो सॅग चेतना छ । तर समूह निर्माणमा थोपा थोपा बनिदिन भने हामी अवश्य सक्नेछौ । यो पाटोमा हामी साथ दिनेछौ । राजनैतिक यात्रा सफल बनोस् मेरो शुभकामना !!!

  16. You are basically a media person who are good at writing and speech. To succeed in what you are saying need some action. To reach your goal you need some stepwise strategy which you need to reveal it to public. If you work according to strategy and suceed in first step you will get some followers, you get success in second then add up more. I may support you as a social worker since you have shown many examples but as a politician no one can blindly support you unless you prove some steps as a politician.

  17. स्वच्छ हृदय बोकि देश निर्माण गर्ने लक्ष्य पूरा हाेस भनी शुभकामना दिदै एउटा सुझाव यो छ कि तपाइको दलले पनि आर्थिक स्रोतको लागि चन्दाको प्रयोग नगरी कुनै उत्पादनमुलक उध्योग स्थापना गरि संचालन गरेमा सहि रुपमा आर्थिक पार्दर्शिता हुनेछ ।

  18. sir, I am with you. I deliberately have no voter’s card as I do not wish to vote since no existing political party represnts my political pov. I am from jhapa. my contact number is 9824999357 . my name is badal

  19. i was expecting you in politics when i was reading you book KHANA PUGOS DINA PUGOs…so lets do it together…

  20. पार्टी नै पार्टीहरुको भिडमा अर्को पार्टी नबनोस् । सफलताको शुभकामना ।

  21. अब देशको मुहार फेर्नु पर्ने बोला भो यो यात्रा मा नलम्कि सुखै छैन् ।

  22. धन्धेयवाद , खुसी लाग्याे । सहभागी भइ काम गर्ने इच्छा छ ।

  23. सबैको साझा बन्न सकोस, सबैका साझा समस्या बुलन्द गर्न सकोस, कसैको होइन सबैको बन्न सकोस, सबै नेपालीको मुटु भित्र बस्न सफल होस । शुभकामना

  24. रबिन्द्र जी, हजुरहरुको समुहले गर्नलागेको सुरुवातीको सफलता मिलोस शुभकामना छ । म कुनै पार्टी वा समुहमा सक्रिय रुपमा संलग्न छैन तर मेरो मान्यता भनेको जुनसुकै कार्य जसले देश र जनताको सकारात्मक परिबर्तनको पक्षमा हुन्छ त्यो कार्यमा हामी जुनसुकै वादको भएपनि एक हुनु पर्छ भन्ने हो । मैले गाउँ-ठाउँमा विकास निर्माणको काममा पनि फलानो पार्टीले सुरुवात गरेको काम हो तेसलाई विफल पार्नुपर्छ भन्ने प्रवृतिले काम गरेको पाए ज्यादै दुख लग्यो ।
    जे होस् म कुनै वादमा नलागे पनि अहिलेको विकृत राजनीतिको बिरुद्धमा आवाज उठाउनु पर्छ भन्ने व्यक्ति हु । आफै बाट सुरुवात गर्नु पर्छ भन्ने मान्यता बोकेको मान्छे पनि भएकोले मेरो तर्फबाट हजुरहरुको कार्यमा पूर्ण साथ् अनि समर्थन छ । हामि आजै बाट आफै बाट सुरुवात गरौ….

  25. First of all, I would like to congratulate to Mr. Mishra for leaving the BBC. I like the vision of this party. I always wants to be with you. I feel that the intellectual persons are needed for the revolution of the politics of Nepal. I want to be your follower and I will make a group for this party in Dang District. There may be many challenges to establish a new party because most of Nepali are in blind faith of their old political parties. Whatever their grandfather and father did, the new generation are also doing that. So there should be change. So, I am agree with you. ……………………….Bhagbat Ghimire (Dang)

Comments are closed.